२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद भवनअगाडि आत्मदाह प्रयास गर्ने पुरुषका २५ माग

अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरको सङ्घीय संसद भवनअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरे ।

मङ्गलवार (आज) दिउँसो आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍यायो ।

उनले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखेको भेटिएको छ।

कीर्तिपुर अस्पतालमा उपचाररत रहेका उनको अहिले बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जानकारी दियो ।

यी हुन उनका मागहरु:

१. राष्ट्रिय उत्पादनमा VAT शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर।
४. Land Leasing प्रणाली लागू गर।
५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर।
६. सबै बाहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका online पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र subsidy प्रणालीको सबै पुरानो file निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै ‘उद्यमशिलता – entrepreneurship’ विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरी अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर।
२५. बैंक ऋणको ब्याजदर ७ प्रतिशतभन्दा कहिले माथि नउठ्ने गरी सीमित गर।

प्रतिक्रिया दिनुहोस