राष्ट्रपतिमा काँग्रेसबाट पौडेल र सिटौलाको नाम छ : देउवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राष्ट्रपतिमा काँग्रेसबाट पौडेल र सिटौलाको नाम छ : देउवा


१० माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नाम पठाएको छ ।

काँग्रेसले पौडेल र सिटौलालाई राष्ट्रिपतिको उम्मेदवारी बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले पदाधिकारीहरू र पूर्वपदाधिकारीको बैठकमा परिणाम हात लाग्ने गरी राष्ट्रपति निर्वाचनमा होमिने र एकताबद्ध भएर जानुपर्ने बताएका छन्।

देउवाले सोमबार धुम्बाराहीमा पदाधिकारीलाई बोलाएर राष्ट्रपति निर्वाचन र पार्टीका आन्तरिक विषयबारे कुराकानी गरेका थिए।

फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने तथा संविधानको व्यवस्था र राष्ट्रपति निर्वाचनसम्बन्धी व्यवस्था आपसमा बाझिएको जस्तो देखिएकोले यो समाधान गरी तत्काल राष्ट्रपति निर्वाचनको मिति तोक्न काँग्रेसले मागसमेत गरेको छ।

सभापति देउवाले राष्ट्रपति उम्मेदवारका रूपमा पार्टीमा आफू र रामचन्द्र पौडेलको नाम लिएको सिटौलाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस