पीएसजीको जितमा एमबाप्पेको पाँच गोल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पीएसजीको जितमा एमबाप्पेको पाँच गोल


१० माघ २०७९, मंगलबार


काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

गए राति भएको खेलमा पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले ५ गोल गरे।

उनले खेलको २९ औं, ३४औं, ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि एमबाप्पेले ५६औं र ७९औं मिनेटमा थप दुई गोल गरे।

यस सिजन एमबाप्पेले सबै खाले प्रतियोगितामा २३ गोल गरिसकेका छन्। एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्।

यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस