काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
गए राति भएको खेलमा पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले ५ गोल गरे।
उनले खेलको २९ औं, ३४औं, ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि एमबाप्पेले ५६औं र ७९औं मिनेटमा थप दुई गोल गरे।
यस सिजन एमबाप्पेले सबै खाले प्रतियोगितामा २३ गोल गरिसकेका छन्। एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्।
यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए।







