गोताखोर दिर्घनारायण भए ‘वर्ष जवान’ बाट पुरस्कृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोताखोर दिर्घनारायण भए ‘वर्ष जवान’ बाट पुरस्कृत


९ माघ २०७९, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बलका गोताखोर दिर्घनारायण पौडेल ‘वर्ष जवान’ बाट सम्मानित भएका छन् । सशस्त्र प्रहरी बलको २२ औँ स्थापना दिवसको अवसरमा आइजिपी राजु अर्यालले उनलाई वर्ष जवानबाट सम्मान गरेका हुन् । 

कास्कीको पोखरास्थित नम्बर-२४ गणमा कार्यरत सहायक हवलदार पौडेले गोताखोर हुन् । नदिमा डुबेका र पहिरोमा फसेकालाई उनले जीवित वा मृत अवस्थामा उद्धार गर्ने गरेका छन् ।

सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित समारोहमा आइजिपी अर्यालले उनलाई १० हजार नगद र प्रशंसापत्र प्रदान गरे । ‘वर्ष जवान’ घोषित भएसँगै उनले शान्ति मिसनमा अवसर पाउने छन् । 

कक्षा १२ सम्म उनको एक जना सन्थालाई पढाउन वार्षिक २४ हजार छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस