२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला

अ+ अ-

काठमाडौँ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानका लागि गरिने दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन खुला गरिएको छ ।

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै सन् २०१९देखि राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कनिष्ठतर्फको प्रतियोगिता थप गरिएको हो । वरिष्ठतर्फ भने यो प्रतियोगिता सन् २०१४ देखि नै सुरु भएको थियो । हाल वरिष्ठ र कनिष्ठ गरी दुई विधामा यो प्रतियोगिता आयोजना गरिन्छ ।

कनिष्ठतर्फ जनवरी १, २००८ पछि जन्मिएका कक्षा ८–१० सम्मका विद्यार्थीले भाग लिन पाउने आयोजक संस्था नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

वरिष्ठतर्फ जुलाई १, २००३ पछि जन्मिएका कक्षा ११–१२ का विद्यार्थीले भाग लिन पाउने छन् । ओलम्पियाडको पहिलो चरणअन्तर्गत छनोट परीक्षा प्रादेशिक चरणमा आयोजना गरिँदै छ ।

आगामी फागुन १३ गते शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा पहिलो चरणको प्रतियोगिता आयोजना गरिने भएको छ ।

इच्छुक विद्यार्थीले आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका सोसाइटीका संयोजक वा केन्द्रीय कार्यालयमा सिधै आवेदन फारम बुझाउन सक्ने जनाइएको छ ।

पहिलो चरणमा गरिएको प्रदर्शनका आधारमा दोस्रो अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइनेछ । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइने सोसाइटीले जनाएको छ ।

तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागी विद्यार्थीलाई यो वर्ष कनिष्ठतर्फकालाई ग्रीसमा र वरिष्ठतर्फका विद्यार्थीलाई पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिसिक्स ओलम्पियाडमा भाग लिन सिफारिस गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस