छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका ९ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका ९ जना पक्राउ


९ माघ २०७९, सोमबार


काठमाडौँ । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली गणपति वडी विल्डर्स ग्यारेजमा पार्किङ गरी राखेको बा.३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेको अवस्थामा दोलखा सैलुङ गाउँपालिका–६ घर भई हाल भक्तपुर बालकोट बस्ने ३४ वर्षीय कोसिस तामाङसमेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सो बसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उता धनुषाको जनकपुर उपमहानगरपालिका–१ पुलचोकमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय दिनेश साह समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा जुतातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्बेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस