रिक्त प्रमुख प्रशासकीय अधिकृत एक महिनाभित्र पठाई सक्न मन्त्री मोदीको निर्देशन  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रिक्त प्रमुख प्रशासकीय अधिकृत एक महिनाभित्र पठाई सक्न मन्त्री मोदीको निर्देशन 


९ माघ २०७९, सोमबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृत एक महिना भित्र पठाइसक्ने बताएका छन् ।  

सचिवलगायत कर्मचारीलाई दिएको निर्देशनका क्रममा मन्त्री मोदीले रिक्त तथा निमित्तको भरमा चलेका स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत एक महिनाभित्र परिपूर्ति गरिसक्ने गरी तयारी गर्न भनेका हुन् । 

यसै गरी मन्त्री मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा यही अधिवेशनमा पेस गर्ने गरी तयार गर्न निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १९ गते सचिवहरूसँगको बैठकमा ३० बुँदे निर्देशनका ऐनको मस्यौदा आगामी संसदमा पेस गर्न भनेका थिए र मन्त्री मोदीले पनि पदभार ग्रहणपछि प्रशासन डटकमसँग कुरा गर्दै रोकिई राखेको ऐन आफ्नै पालामा ल्याउने बताएका थिए । 

सम्बन्धित समाचार : सङ्घीय निजामती ऐन आगामी संसदमा पेस गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित समाचार : सङ्घीय निजामती ऐन मेरै पालामा ल्याउँछौँ : मन्त्री मोदी

मन्त्री मोदीले नेपाल सरकारबाट भएका निर्णयहरूको कार्यान्वयन समयमै भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले सात दिन भित्र त्यसको प्रतिवेदन पेस गर्नसमेत भनेका छन् । 

साथै उनले सांसद र आम सञ्चार माध्यममा उठेका विषयलाई विशेष ध्यान दिन भन्दै गुनासाहरूको तत्काल सम्बोधन गर्नसमेत भनेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस