कर्मचारीमाथि हातपात गर्नेलाई एक वर्ष कैद र एक लाखसम्म जरिबाना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीमाथि हातपात गर्नेलाई एक वर्ष कैद र एक लाखसम्म जरिबाना


८ माघ २०७९, आइतबार


काठमाडौँ । युएईमा आफ्ना कर्मचारीमाथि हातपात गर्ने रोजगारदातालाई एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ । 

युएई पब्लिक प्रोसिक्युसनले ड्युटीमा रहेका श्रमिकमाथि हातपात गर्ने रोजगारदातालाई कारबाही हुनेबारे आफ्नो ट्विटर ह्याण्डलमा जनचेतनामूलक भिडियो शेयर गरेको छ । 

२०२१ को फेडेरल डिक्री ल नम्बर ३१ को धारा २९७ अनुसार श्रमिकलाई उसको काम गर्न/नगर्न अनावश्यक रूपमा बाध्य पार्ने नियतले बल, हिंसा वा धम्कीको प्रयोग गरेमा छ महिनाभन्दा कम अवधिको लागि थुनामा राख्ने सजाय हुने व्यवस्था गरेको छ ।

यदि पूर्वनियोजित ढङ्गले श्रमिकमाथि दुर्व्यवहार गरेको वा एकभन्दा बढी व्यक्ति संलग्न रहेको वा अपराधीले हतियार बोकेको भए एक वर्षसम्म कैद र एक लाख दिर्हामसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस