अभिषेक गिरीको जेल सरुवाको मुद्दा उच्च अदालतमा, भोलि सुनुवाइ हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अभिषेक गिरीको जेल सरुवाको मुद्दा उच्च अदालतमा, भोलि सुनुवाइ हुँदै


८ माघ २०७९, आइतबार


काठमाडौँ । मोरङ कारागारबाट भएको स्थानान्तरणको निर्णय विरुद्ध कैदी अभिषेक गिरी उच्च अदालत विराटनगर पुगेका छन् ।

कारागार व्यवस्थापन विभागले गरेको सरुवा रोक्न आदेश माग गर्दै गिरी उच्च अदालत विराटनगर गएका हुन् । उनले दर्ता गराएको रिटमा उच्च अदालत विराटनगरले सोमबार पेशी तोकेको छ ।

मोरङ कारागारका चौकीदार गिरीले सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै ३ माघमा रिट दायर गरेका थिए । उनको रिटमा कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय र मोरङ कारागारलाई विपक्षी बनाइएको छ ।

डिल्लीबजार कारागारमा रहेका गिरी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागारमा सरुवा भएका थिए । २०७४ चैत २३ गते भन्दा अगाडि उनी मोरङ कारागारको चौकीदार थिए ।

चौकीदारको रूपमा रहँदा बजार क्षेत्रमा गुण्डागर्दी र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते मोरङबाट डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो ।

गिरीलाई दोस्रो पटक मोरङ ल्याउनका लागि २०७८ असोज १८ गते तत्कालीन चौकीदार नवीन राईलाई झुम्का कारागार सारिएको थियो । राईको सरुवापछि किरण गुरुङले कामचलाउ चौकीदारको जिम्मेवारी पाएका थिए । २०७८ साल कात्तिक २४ गते मोरङ कारागारमा गिरीकै कारण झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

झडपपछि गुरुङसहित ६ जनालाई झापा र इलाम सरुवा गरिएको थियो । २०७८ मंसिर ९ गते गिरी आउनुअघि तत्कालीन चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।

गिरी काँग्रेस कार्यकर्ता रहेकाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा २०७८ मंसिर ९ गते मोरङ ल्याइएको कारागार स्रोतको भनाइ छ । सरकार परिवर्तन भए लगतै उनको स्थानान्तरणको निर्णय भएको हो ।

सरुवाको पत्र आएपछि कैदीबन्दीले उनको सरुवा रोकन माग गर्दै प्रदर्शन गरेका छन् । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीको कैद भुक्तान अवधि फागुन ३ गते सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस