वैदेशिक अध्ययन : ५ महिनामा बाहिरियो २९ अर्ब « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वैदेशिक अध्ययन : ५ महिनामा बाहिरियो २९ अर्ब


८ माघ २०७९, आइतबार


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीले करिब २९ अर्ब रुपैयाँ विदेशी मुद्रा विदेश लगेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार साउनदेखि मङ्सिरसम्म वैदेशिक अध्ययनमा जानेले वैधानिक रूपमा २८ अर्ब ८१ करोड रुपैयाँको सटही सुविधा लिएका हुन् ।

गत वर्ष यस्तै अवधिमा विदेशमा पढ्न जानेहरूले १३ अर्ब ५३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा मात्रै मात्रै लगेका थिए ।

५ महिनाको अवधिमा अवधिमा खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको यस्तै अवधिमा खुद सेवा आय  ३८ अर्ब १३ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाता अन्तर्गत ५ महिनामा भ्रमण (पर्यटन) आय १३२.९ प्रतिशतले बढेको छ । यसबाट नेपालले २३ अर्ब ६३ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा पर्यटन आय १० अर्ब १४ करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गएर खर्चिने रकम ६४ प्रतिशतले वृद्धि बढेर ४२ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २५ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस