पर्यटन मन्त्रीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटन मन्त्रीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा


८ माघ २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखेको सहयोग पेटिकामा ३ लाख रुपैयाँ जम्मा भएको छ । 

मन्त्री किरातीले आफूले मन्त्रीको पदभार ग्रहणकै दिन खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको साटो सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणा गरेका थिए । 

सो घोषणा अनुसार मन्त्रालयमा राखिएको सहयोग पेटीकामा हालसम्म ३ लाख रुपैयाँ सङ्कलन भइसकेको किरातीले बताए । 

खादा माला नलगाउने र त्यस बराबरको नगद सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षा क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको थिएँ । त्यसअनुरूप आजसम्म ३ लाख रकम सङ्कलन भइसकेको छ’ उनले भने, ‘एक जना मन्त्रीले खादा माला नलगाउँदा मात्रै यसरी रकम सङ्कलन हुन्छ भने खादा र मालाको नाममा मन्त्री तथा देशभरका हजारौँ जनप्रतिनिधिहरूले कति अर्बको खादा माला लगाइदोरहेछ त ?’ 

मन्त्री किरातीले आफूले सम्हालेको मन्त्रालय आम नागरिकको रहेको बताउँदै देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न सुझाव समेत मागेका थिए । मन्त्री किरातीले सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई-हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस