२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध रङ्गशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मुस-सुन्तली फाउन्डेसन

अ+ अ-

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको धुर्मुस-सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । फाउन्डेसनले वि।सं २०७४ सालमा चितवनमा रङ्गशाला निर्माणको काम थालनी गरेको थियो ।

आर्थिक अभावका कारण फाउन्डेसनले निर्माण कार्यबाट बीचबाट नै हात झिकेको थियो । कुल ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रङ्गशालाको ३५ प्रतिशत काम सकिएको छ । जसमा ५४ करोड खर्च भएको धुर्मुस-सुन्तली फाउन्डेसनले जनाएको थियो । त्यसको ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस-सुन्तलीले निर्माण कार्य रोकेका थिए ।

त्यसपछि हालसम्म फाउन्डेसनले खर्च विवरण सार्वजनिक गरेको छैन । फाउन्डेसनका अध्यक्ष सितारम कटेलले अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसाबले तयारी भएको बताए।

कटेलले भने, ‘अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसाबले तयारी थालेका छौँ । खर्च विवरण बाहेकका अन्य विषय पनि छन् । सबै सार्वजनिक गर्ने हाम्रो योजना छ ।’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो ।

क्रिकेट रङ्गशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रङ्गशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्दै छ ।

गुरुयोजना तयार भएको २ वर्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले बताए पनि हालसम्म निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस