घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


८ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्र बैङ्कले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिददर १२९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३० रुपैयाँ ४८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३८ पैसा घटेको हो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तोकिएको छ।

त्यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार ३० रुपैयाँ २२ पैसा र बिक्रीमा ३० रुपैयाँ ३६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४५ रुपैयाँ १२ पैसा तोकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस