पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना


८ माघ २०७९, आइतबार


काठमाडौँ । आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेस प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको मौसमविद् शाक्यले जानकारी बताइन्। तर यो तापक्रम बिस्तारै घाम लागेसँगै बढ्दै जानेछ।

तराईका केही भू-भागमा हुस्सु र कुहिरो तथा हिमाली क्षेत्रमा हिमपातले दैनिक जनजीवन प्रभावित भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

भोलि सोमबार मौसम बदली भई सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा वर्षा तथा उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै पर्सि मङ्गलवार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस