ललितपुरमा आगोमा परी १ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुरमा आगोमा परी १ जनाको मृत्यु


७ माघ २०७९, शनिबार


ललितपुर । ललितपुर महानगरपालिकाको भैसेपाटी फुलबारी मार्गस्थित टहरामा शनिबार बिहान आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको आगलागीमा परी घट्नास्थलमै मृत्यु भएको छ । आगलागीबाट टहरा पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीको भनाई छ ।

उता उदयपुरमा लिम्चुङबुङ गाउँपालिका-२ गौरीगाउँ बस्ने निर्जन कार्कीको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा गोठ र गोठसँगै रहेको घर पूर्ण रूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै धनकुटामा शहीदभूमि गाउँपालिका-२ ढोलमुखा बस्ने ५० वर्षीय राजेन्द्र राईको घरमा ग्यास सिलिण्डर पड्किएर शनिबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको सम्पूर्ण सर/सामान जलेर करिब २१ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै उक्त आगो फैलिएर छिमेकी डगेन्द्र राईको घरमासमेत आगलागी हुँदा करिब ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस