२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इयूको टोली तत्काल नेपाल नआउने

अ+ अ-

काठमाडौँ । नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्याङ्कन तत्कालका लागि रोकिएको जनाइएको हो।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यती एयरलाइन्सको यही माघ १ गते पोखरामा भएको दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो।

यसअघि गत अक्टोबरमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो। छुट्टै टोलीलाई स्थलगत रूपमै खटाएर अध्ययन गराउने निर्णयका साथ उक्त टोली फर्किएको थियो। उड्डयन सुरक्षाका लागि इयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।

सन् २०१३ देखि इयूले नेपाललाई सुरक्षासूचीमा राखेको छ। उक्त सूचीबाट हटाउन नेपालले विभिन्न प्रयास गर्दै आएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै गरेको अडिटमा नेपालको हवाई सुरक्षा परिपालना दर ७०.१ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस