प्रहरीको छवि उच्च बनाउने काम गर्न डिआइजी कुँवरको १२ बुँदे निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीको छवि उच्च बनाउने काम गर्न डिआइजी कुँवरको १२ बुँदे निर्देशन


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । डिआइजी वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको छवि उच्च बनाउन १२ बुँदे निर्देशन दिएका छन्। हालै मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले शुक्रबार पहिलोपटक जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण गर्ने क्रममा उनले सो निर्देशन दिएका हुन् । 

उनले भीआइपीको भरपर्दो सुरक्षा व्यवस्था गर्ने, सर्वसाधारणको गुनासो सुन्ने, महिला बालबालिका तथा विपन्नलाई विशेष प्राथमिकतामा राख्न, सामुदायिक कार्यक्रम मार्फत समाजमा जनचेतना फैलाउन, अपराध अनुसन्धान तथा उजुरी छलफलमा बिचौलियाको प्रभाव न्यून बनाउन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरूलाई निर्देशन दिएका हुन् ।

डिआइजी कुँवरले प्रहरी सङ्गठनको छवि उच्च बनाउन काम गर्न र सुरक्षाको दृष्टिकोणले महत्त्वपूर्ण स्थानमा सिसिटिभी जडानको लागि पहल गर्न समेत निर्देशन दिएका रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय देखि मातहतका सम्पूर्ण प्रहरी युनिटका प्रमुखहरूको सहभागिता रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस