एमालेमै क्रियाशील छु, काममा अवरोध भए विकल्प खोज्छु : भीम रावल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेमै क्रियाशील छु, काममा अवरोध भए विकल्प खोज्छु : भीम रावल


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन् । तर, जबरजस्ती कसैले काम गर्न अवरोध गरे विकल्प खोज्ने उनले बताए ।

पाँच दशकदेखि पार्टी र राष्ट्र हितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृह जिल्ला अछाम पुगेका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे ।

निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र-१ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस भए पनि टिकट नपाएकोप्रति असन्तुष्टि पोखे । रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक-पटक देशभक्त व्यक्तिहरूमाथि प्रहार हुँदै आएको छ ।’

पूर्व उप-प्रधानमन्त्री समेत रहेका रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस