उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थति निवासमा बिहान १० बजे तय गरिएको बैठकमा पूर्वपदाधिकारी पनि उपस्थित हुन प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुनेछ ।

विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाटै वा नेकपा एस, लोसपाबाट अघि सार्ने टुंगिसकेको छैन ।

आज उपसभामुखको मनोनयन छ भने भोलिलाई मतदान तोकिएको छ ।

बिहीबार भएको सभामुख निर्वाचनमा भने कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे विजयी भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस