काठमाडौँ । वरिष्ठ संगीतकार आलोश्रीको सङ्गीत रहेको एल्बम ‘झिलिमिली सितारा’ सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमकाबीच एल्बम वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गीतकार तथा पूर्व मन्त्री एसपी कोइराला, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका दीपानारायण झालगायतले संयुक्त रूपमा एल्बम सार्वजनिक गरेका हुन् ।
एल्बमका सबै गीत गायिका दीपनारायण झाले गायकी छन् । झा यो गीतमार्फत पुनः नेपाली साङ्गीतिक दुनियाँमा कम ब्याक गरेकी हुन् । गीत सार्वजनिकका लागि उनी नेपाल आएकी छन् । एल्बममा आठ गीत समावेश छन् ।
एसपी कोइराला, मुकुन्दराज शर्मा, आलोकश्री, तीर्थ श्रेष्ठ , नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधानको शब्द रहेको एल्बमका आठ गीतमध्य दुई गीत उनले श्रीमान् उदित नारायण झा र एउटा गीत छोरा आदित्य नारायणसँग युगल गायन गरेकी छन् ।
एल्बममा रहेको गीतमध्ये ‘हे माया’ को भिडियो समेत बनेको छ । कार्यक्रममा उक्त गीतको भिडियो समेत देखाइएको थियो । भिडियो पनि संगीतकार आलोकश्रीले निर्देशन गरेका हुन् । जसमा सुरज गराज र अस्मिता पन्त मोडलको रूपमा देखिएका छन् ।
कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गीतकार तथा पूर्व मन्त्री एसपी कोइराला, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, संगीतकार आलोकश्री लगायतले गायिका दीपाको गायनको चर्चा गरेका थिए ।
कार्यक्रममा गायिका दीपाले आफ्नो र पति उदित नारायणको गायनमार्फत सङ्कलित रोयल्टी म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मामार्फत प्राप्त गरेकी थिइन् । कार्यक्रममा गायिका दीपाले एल्बमको केही गीत प्रत्यक्ष गाएकी थिइन् ।