फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड, पाइलट र यात्रुमाथि हातपात « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड, पाइलट र यात्रुमाथि हातपात


५ माघ २०७९, बिहिबार


स्याङ्जा । स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात भएको छ ।

वालिङ गोल्ड कपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो ।

त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रमेश डङ्गोल र यात्रुलाई कुटपिट गरेका छन् ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरूले नै मैदानमा हेलिकप्टर उतार्न दबाब दिएकाले आफूले ल्याण्ड गरेको डङ्गोलले बताएका छन् ।

पाइलट र यात्रुलाई उनीहरूलाई प्रहरीले उद्धार गरेर लगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस