यादव २ वर्षपछि मात्रै मन्त्री हुन पाउने  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यादव २ वर्षपछि मात्रै मन्त्री हुन पाउने 


५ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादव दोस्रो चरणमा (२ वर्षपछि) मात्रै मन्त्री हुन पाउने भएका छन् । सर्लाही २ बाट निर्वाचित यादव माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लिएर निर्वाचित भएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा यादव मन्त्री हुन खोजेका थिए । तर सत्ता साझेदार दललाई समेत मिलाएर जानुपर्ने भएकाले यादव २ वर्षपछि मात्रै मन्त्री हुन पाउने नेपाल समाजवादीका नेता विश्वदीप पाण्डेले बताए । ‘हामीले अहिलै मन्त्री बनाउनुपर्छ भनेर दबाब दिएका थियौँ’ पाण्डेले भने, ‘अब उहाँ २ वर्षपछि दोस्रो चरणमा मन्त्री बनाउने भद्र सहमति भयो । तत्काल मन्त्री हुन पाउनुभएन ।’ 

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन नपाएकोमा यादवले चित्त दुखाएका छन् । नेपाल समाजवादी पार्टीबाट २ जनाले प्रतिनिधि सभामा टिकट पाएका थिए । अन्तमा मानुषीयमी भट्टराई पराजित भएपनि यादव भने निर्वाचित भएका हुन् । 

यस्तै प्रदेशसभामा २ जना निर्वाचित भएका छन् । बागमती प्रदेशमा गङ्गानारायण श्रेष्ठ र गण्डकी प्रदेश सभामा फनिन्द्र देवकोटा मात्रै  निर्वाचित भएका हुन् । श्रेष्ठ र देवकोटा दुबैलाई मन्त्री बनाउने तयारी गरिएको छ । यद्यपि, उनले कुन मन्त्रालय पाउने भन्ने फिक्स भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस