लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत


५ माघ २०७९, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएका छन्। आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन्।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्।

८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरी ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा, लोसपा र जनमतका ३-३, नेकपा एकीकृत समाजवादी १ र २ स्वतन्त्र सांसदसहित ५८ जनाले पक्षमा मतदान गरेका छन्।

नेकपा माओवादी स‌ंसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएपछि उनी सभामुखको मतदानमा सहभागी भएनन्। 

सरकार गठनमा पक्षमा नरहेको एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्य भगवती अधिकारीले विश्वासको मत भने मुख्यमन्त्री लीला गिरीलाई दिएकी छन्।

मुख्यमन्त्री गिरीको विपक्षमा नेपाली काँग्रेसको २७, राष्ट्रिय जनमोर्चाको एक र नेकपा एकीकृत समाजवादीको एक गरी २९ जनाले मतदान गरेका छन्। सभामुख र उपसभामुख निर्वाचनमा समर्थन गरेका नेपाली काँग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीलाई विश्वासको मतमा भने विपक्षमा उभिएका छन्।

विश्वासको मत पाएपछि मुख्यमन्त्री लीला गिरीले प्रदेशलाई समृद्ध बनाउन साझा उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस