वर्षमान पुनलाई भेट्न अस्पताल पुगे शङ्कर पोखरेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे शङ्कर पोखरेल


५ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले महासचिव शङ्कर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् ।

बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न पोखरेल गएका हुन् ।

स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन् । पुन जन्डिस रोगबाट पीडित भएपछि अस्पतालमा उपचाररत छन् ।

चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन् । पुनलाई भेट्न पोखरेलसहित श्रीमती सुजिता शाक्य समेत अस्पताल पुगेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस