विराटनगरमा आगोले जलेर वृद्धाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विराटनगरमा आगोले जलेर वृद्धाको मृत्यु


५ माघ २०७९, बिहिबार


विराटनगर । विराटनगरमा आगोले जलेर एक जना वृद्धाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका- १० लालीगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस