हेलिकोप्टर दुर्घटना युद्धको एक हिस्सा : राष्ट्रपति जेलेन्स्की « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हेलिकोप्टर दुर्घटना युद्धको एक हिस्सा : राष्ट्रपति जेलेन्स्की


५ माघ २०७९, बिहिबार


काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभमा भएको हेलिकोप्टर दुर्घटना, दुर्घटना नभई युद्धकै एउटा अङ्ग भएको बताएका छन्।

हिजो राजधानी किभ नजिक भएको दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री, उपमन्त्री, मन्त्रालयका सचिव, स्थानीय एक पूर्वप्राथमिक विद्यालयका बालबालिका गरेर १४ जनाको मृत्यु भएको थियो। युक्रेनले दुर्घटनाको कारण अहिलेसम्म सार्वजनिक गरेको छैन।

साथै आधिकारिक रूपमा हेलिकोप्टर दुर्घटनामा रुसी हात रहेको पनि बताएको छैन। तर राष्ट्रपति जेलेन्स्कीले दावोसमा जारी विश्व आर्थिक मञ्च डब्ल्युईएफलाई सम्बोधन गर्ने क्रममा युद्ध कालमा दुर्घटना नहुने भन्दै हेलिकोप्टर दुर्घटनालाई युद्धकै भाग भएको बताएका हुन्।

भिडियो सम्बोधनमा जेलेन्स्कीले आफ्ना पश्चिमा सहयोगी देशहरूलाई छिटोभन्दा छिटो हतियारहरू पठाउन अपिलसमेत गरे। कार्यक्रममा नेटो प्रमुखले युक्रेनलाई छिटो मात्र होइन शक्तिशाली र अत्याधुनिक हतियार प्राप्त हुने आश्वासन दिए।

Tags :
प्रतिक्रिया दिनुहोस