तिब्बतको न्यिंगचीमा गएको हिमपहिरोमा परी कम्तिमा ८ को मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तिब्बतको न्यिंगचीमा गएको हिमपहिरोमा परी कम्तिमा ८ को मृत्यु


५ माघ २०७९, बिहिबार


काठमाडौँ । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिनियाँ सरकारले उद्धारका लागि टोली परिचालन गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार मंगलबार राति करिब ८ बजे मेनलिङ काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने बाटोको बीचमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि धेरै मानिस र सवारी साधन फसेका छन् ।

अधिकारीहरूले अहिलेसम्म कति जना बेपत्ता छन् भन्ने स्पष्ट गरेका छैनन्। स्थानीय अधिकारीहरूले रातभर घटनास्थलमा १३१ व्यक्ति र २८ सवारी साधनहरू उद्धारका लागि पठाएको खबर ग्लोबल टाइम्सले लेखेको छ ।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले पनि दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा टोली पठाएको छ।

करिब ९,३०० फिटको औसत उचाइमा रहेको निङ्चीलाई तिब्बतको स्विजरल्याण्ड भनिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस