हसिम अमलाद्वारा क्रिकेटबाट सन्यास « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हसिम अमलाद्वारा क्रिकेटबाट सन्यास


५ माघ २०७९, बिहिबार


काठमाडौँ । दक्षिण अफ्रिका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

अमलाले बुधबार ३९ वर्षको उमेरमा सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

अमला दक्षिण अफ्रिकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका थिए ।

उनले २००४ देखि २०१९ सम्म दक्षिण अफ्रिकाका लागि खेल्दा सबै खाले फर्म्याटमा १८ हजार ६७२ रन बनाएका छन् ।

अमलाले दक्षिण अफ्रिकाका लागि १ सय ८१ एक दिवसीय अन्तराष्ट्रिय र ४४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस