मन्त्री किराँतीको चेतावनीपछि पर्यटन मन्त्रालयले दियो यस्तो निर्देशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मन्त्री किराँतीको चेतावनीपछि पर्यटन मन्त्रालयले दियो यस्तो निर्देशन


४ माघ २०७९, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसुदन किरातीले विमानस्थलदेखि मन्त्रालय मातहतका कार्यालयहरूको शौचालयको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

मन्त्री किराँतीले मन्त्रालयमा आफूले प्रयोग गर्ने जस्तै एयरपोर्टदेखि मातहतका सबै निकायमा शौचालयको सरसफाइमा विशेष ध्यान दिई नमूना प्रदर्शनका लागि निर्देशन दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले एक विज्ञप्ति जारी गर्दै मन्त्री किरातीले अन्तर्राष्ट्रिय एवम् आन्तरिक विमानस्थलहरू, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू, सङ्ग्रहालयहरू, पर्यटकीय क्षेत्रहरूलगायतमा तोकिएको मापदण्ड बमोजिम नियमित सरसफाइ गर्न निर्देशन दिएको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस