सरकारी निवास बालुवाटार सरे कामु प्रधानन्यायाधीश कार्की « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी निवास बालुवाटार सरे कामु प्रधानन्यायाधीश कार्की


४ माघ २०७९, बुधबार


काठमाडौँ । कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटारमा सरेका छन् । गत मंसिर २८ गतेबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निवास छाडेको भएपनि मर्मत सम्भारको काम भएका कारण कार्की सरकारी निवासमा सरेका थिएनन् ।

गत असोज १५ गतेबाट कामु प्रधान न्यायाधीशका रूपमा न्यायपालिकाको बागडोर सम्हालेका कार्की कामु प्रधान न्यायाधीश बनेको साँढे तीन महिनापछि मात्रै सरकारी निवासमा सरेका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि न्यायपालिकाको कामु प्रमुख बनेका दीपककुमार कार्की भने निजी निवासमै बस्ने गरेका थिए । निलम्बनमा परेपनि जबराले सरकारी निवास छाडेका थिएनन् । आफू निलम्बनमा मात्रै परेको भन्दै जबराले सरकारी निवास छाड्न अस्वीकार गरेका थिए । 

गत मंसिर २७ गतेबाट जबरा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि प्रधानन्यायाधीश निवासको मर्मत सम्भार सुरु गरिएको थियो । मर्मत सम्भारको काम सकिएपछि कायम मुकायम प्रधानन्यायाधीश कार्की बुधबार सरकारी निवास बालुवाटारमा सरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस