२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनाभित्र भ्रष्टाचार शून्य गरिदिन्छु : मुख्यमन्त्री यादव

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दाबी गरेका छन्।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिए लगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो।

उनले भ्रष्टाचार छानबिनका लागि आफूले ५ सदस्यीय छानबिन समिति गठन गरेको पनि स्मरण गराए। मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्य योजनासमेत सार्वजनिक गरे।

सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाइ थियो। मुख्यमन्त्री यादवले भने, ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो। अब मैले तीन महिना भित्र प्रदेश सरकारका जति कार्यालयहरू छन्। त्यसमा भ्रष्टाचार शून्य गरिदिन्छु। र, सबै दललाई मिलाएर एकसाथ लग्नेछु। पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरूको छानबिन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानबिन समिति गठन गरिदिएको छु।’

त्यस अवसरमा उहाँले आवश्यक परे पूरक बजेट ल्याउन सकिने पनि बताए। बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए।

मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत भएका छन्।

प्रतिक्रिया दिनुहोस