शक्ति बाँडफाँटमा पुनर्विचार गर्न जसपाको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शक्ति बाँडफाँटमा पुनर्विचार गर्न जसपाको आग्रह


४ माघ २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँटमा पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

जसपा संसदीय दलको बुधबार बसेको बैठकले अहिलेको प्रस्तावमा असहमति जनाउँदै यथास्थितिमा सरकारमा नजाने निर्णय गरेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले जसपालाई दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले त्यसमा असहमति जनाएका थिए । स्रोतका अनुसार जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ, तर माओवादी यो दिन तयार भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस