विपत्तिको सूचना जारी गरेको विमान सुरक्षित अवतरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विपत्तिको सूचना जारी गरेको विमान सुरक्षित अवतरण


४ माघ २०७९, बुधबार


काठमाडौँ । मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अस्ट्रेलियाको ध्वजाबाहक क्वान्टम विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७-८०० बिना समस्या अवतरण गरेको हो ।  विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इन्जिनियरले परीक्षण गर्नेछन् । मध्यआकाशमा जारी गरिएको विपत्तिको सूचनालाई विमान अवतरण हुनुपूर्व ‘सम्भावित सहयोग आवश्यक पर्ने’ सूचीमा समावेश गरिएको थियो ।

विमानस्थलमा चिकित्सकसहित एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको थियो । विमान उडेको करिब दुई घण्टापछि एउटा इन्जिनमा केही समस्या अनुभव गरिएको जानकारी दिए पनि कम्पनीले इन्जिनमा उत्पन्न समस्याबारे खुलेर जानकारी दिएको छैन । दुईवटा इञ्जिन भएको उक्त विमान एउटाले काम नगरे अर्कोको सहयोगमा अवतरण गर्न सक्षम रहेको जनाएको छ । 

संसारको सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा क्वाण्टास रहेको छ । यो एयरलाइन्स विगत ७० वर्षदेखि कुनै घातक दुर्घटनामा परेको छैन । अस्ट्रेलियाको नागरिक उड्डयन कानुनअनुसार विपत्तिको सङ्केत जारी हुनुलाई ‘विमान गम्भीर खतरामा परेको र तत्काल मद्दत आवश्यक भएको’ मानिन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस