जिउँदो शिशुलाई डाक्टरले मृत घोषणा गरेपछि….. « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जिउँदो शिशुलाई डाक्टरले मृत घोषणा गरेपछि…..


४ माघ २०७९, बुधबार


विराटनगर । १७ पुसमा एक जना महिलाले कोसी अस्पतालमा छोरीलाई जन्म दिइन् । मोरङको जहदा-३ भातिगन्जकी उमा मुखियाले छोरीलाई जन्म दिएकी हुन् ।

छोरीलाई अचानक आज श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ८ः०० बजे कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो ।

ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवसहित अहेवहरू लक्ष्मण माझी र टिका भण्डारीसहितको टिम बच्चाको उपचारमा लाग्यो । आकस्मिक कक्षमा नवजात शिशुलाई राखेपछि चिकित्सक यादवले शिशुको स्वास्थ्य जाँच गरे । चेकजाँच गरेपछि डा. यादवले मृत घोषणा गर्दै भने, ‘छोरीको सास छैन । घर लैजानु ।’

डाक्टरले मृत घोषणा गरेकी शिशुलाई लिएर जाने क्रममा शिशुले हातखुट्टा हल्लाइन् । त्यसपछि शिशुको उपचार अहिले कोसी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा भइरहेको छ ।

शिशुलाई अहिले एनआइसियूमा राखेर उपचार सुरु गरिएको छ । उपचारमा संलग्न चिकित्सकले शिशुको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताएको बताइएको छ ।

१८ दिने नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका छन् । आफन्तहरूको आक्रमणबाट डा. यादवको टाउकोमा चोटपटक लागेको छ । चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस