६ गतेदेखि नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

६ गतेदेखि नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी हुने


४ माघ २०७९, बुधबार


काठमाडौँ । सेना दिवसको अवसरमा नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी कार्यक्रम आयोजना गरिने भएको छ ।

दिवसको अवसरमा गत वर्षहरूमा जस्तै माघ ६ गते देखी ९ गतेसम्म जङ्गी अड्डास्थित सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा कार्यक्रमको आयोजन गर्न लागिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको ऐतिहासिक विकास क्रम एवं वर्तमानमा निर्वाह गरिरहेका गतिविधिहरूको झलक समेटिएको उक्त निःशुल्क प्रदर्शनीमा इच्छुक सबैलाई आमन्त्रणसमेत गरिएको छ ।

कार्यक्रम दिउसो १ बजेदखी साँझ ५ बजेसम्म हुने निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस