६ सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

६ सयले घट्यो सुनको मूल्य


४ माघ २०७९, बुधबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु ६ सयले घटेको छ । हिजो प्रतितोला रु १ लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु १ लाख चार हजार पाँच सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस