कर्णालीको उपसभामुखमा शाही र न्यौपानेको उम्मेदवारी दर्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्णालीको उपसभामुखमा शाही र न्यौपानेको उम्मेदवारी दर्ता


४ माघ २०७९, बुधबार


सुर्खेत। कर्णाली प्रदेश सभाका उपसभामुखका लागि काँग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरू दुवै समानुपातिक सांसद हुन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।

न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने काँग्रेसकी शाही एक्लै चुनावमा भिड्दै छिन् । यसअघि आइतबार प्रदेशसभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा काँग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एकजना सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस