सभामुख र राष्ट्रपतिसहित संवैधानिक पदमा मिलेर जाने सवालमा देउवा सकारात्मक : नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभामुख र राष्ट्रपतिसहित संवैधानिक पदमा मिलेर जाने सवालमा देउवा सकारात्मक : नेपाल


४ माघ २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताएका छन्।

अन्य संवैधानिक पदमा काँग्रेससँग मिलेर जाने कुरा भएको उनले बताए। बुधबार नेपालले धुम्बाराहीमा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।

अध्यक्ष नेपालले सभामुख र राष्ट्रपतिको निर्वाचनमा मिलेर जाने विषयमा सकारात्मक छलफल भएको बताए।

उनले भने, ‘हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिँदैन। सभामुख र राष्ट्रपतिसहित अन्य संवैधानिक पदमा मिलेर अघि बढ्ने सवालमा सकारात्मक छलफल भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस