जसपा संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जसपा संसदीय दलको बैठक बस्दै


४ माघ २०७९, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ।

मंगलबार पनि जसपाको संसदीय दलको बैठक बसेको थियो। जसपाले सत्तारुढ दलहरूले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो।

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा बस्नेछ। जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपराष्ट्रपति पनि माग गरेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस