कांग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कांग्रेस पदाधिकारी बैठक बस्दै


४ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन बैठक बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए ।

बिहान ९ बजे बस्ने पदाधिकारी बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुङ्गो लगाउनेछ।

संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस