मौसम पूर्वानुमान : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मौसम पूर्वानुमान : पश्चिम नेपालमा भोलि र पर्सि पानी पर्ने सम्भावना


४ माघ २०७९, बुधबार


काठमाडौँ । आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ र बाँकी भू-भाग सामान्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस