२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रनपुतला पर्वमा छोरीहरू पराई घर जाँदैन भन्दै गीतमार्फत वेदना पोख्दै

अ+ अ-

डोटी । सुदूरपश्चिम कला संस्कृति, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा धनी मानिन्छ । सुदूरपश्चिमेली देउडा, ठाँडी भाका, हुड्केउली, छलिया भुवा, स्थानीय मेला,जात्रा यस क्षेत्रलाई पहिचान दिने संस्कृतिको रूपमा रहेका छन् । पछिल्लो समयमा परम्परागत रूपमा मनाउँदै आएको रनपुतला पर्व पनि छोरीहरूलाई माइतीसँग भेटघाट गराउने तथा सुदूरको पहिचानको पर्वको रूपमा प्रचार प्रसार हुँदै आएको छ ।

रनपुतला पर्वमा आमा र छोरीहरू बिचमा गीत मार्फत पुतला खेल खेल्दै सवाल जवाफ हुने गर्दछन् । आमाले गीत मार्फत छोरीहरूलाई तिमीहरूले अर्काको घरमा जानुपर्छ, घरबार चलाएर खानुपर्छ तिमीलाई आवश्यके गाई भैँसी, अन्नपात सबै दाइजो दिन्छौ भनेर आमाले गीत मार्फत भन्ने गर्छन् । तर छोरीले पराई घर विवाह गरेर जान मान्दैनन् अर्काको घरमा दुःख हुन्छ, नयाँ, ठाउँ, नयाँ मानिस हामी कसरी बस्ने के खाने, के लाउने भनेर गीत मार्फत वेदना पोख्ने गर्छन् ।
छोरीहरूले गीत मार्फत भन्छन्
(बुवा ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।
ईजु ज्यूका झोली बाट पुतला जगाई ल्यायौ ।।
दाजी ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।।
भाउजू ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।।)
छोरीहरूले गीतमार्फत यसरी तपाईँहरूले हामीहरूलाई पाल्यौ ठुली बनायौ अब यसरी हामीलाई पराई घरमा नपठाई देऊ, हाम्रीलाई दुःख हुन्छ भनेर गीत मार्फत वेदना गर्छन् । तर छोरीहरूको बिलौनाको अगाडी आमा बुवाको केही लाग्दैन विवाह गर्ने उमेर भएको छोरीलाई पराई घरमा विवाह गरेर पठाउनु पर्छ भन्दै घरमा बरौनी गर्न आउन्छन र छोरीको विवाह गर्नको लागि लगनगाँठो कसिन्छ । अनि फेरी गीत मार्फत आमा छोरीको यसरी संवाद हुने गर्दछ ।
(छोरी : हिउँदै ओखल हिउँदै मुसल म कसरी रहुँला ईजु ।
आमा : तिम्रो कर्ममा उही लेखियो जानैपर्यो भागा छोरी ।।
छोरी : तिथिका भएलो बाटै फर्की आउला म कसरी रहुँला ईजु ।
आमा : तमरा कर्मले उही सितायो जानैपर्यो भागा छोरी ।।
छोरी : मालहै बरौनी आउलान् ईजु सम्झी दिउभनुला बुवा सम्झी नईभनदिया ।
आमा : गोठको गाई दिउला माल पयल जानै पर्‍यो भागा छोरी ।।
आमा : तमरो खान्की उही पुर्‍याउला पराई घर जानै पर्‍यो भागा छोरी ।।।)
माइती घरबाट विवाह गरेर पराई घर गएकी र घरमा रहेकी छोरी चेलीहरूले माघी पर्वका समयमा आफ्नो माइती घर आई वर्षको एक पटक रनपुतला खेल खेल्ने चलन रहिआएको दिपायल सिलगढी नगरपालिका ७ का स्थानीय ऐश्वर्या विष्टले बताइन् । पछिल्लो समयमा डोटी लगायतका सुदूरका अधिकांश जिल्लाहरूमा रनपुतला पर्वलाई विशेष महत्त्वका साथ देवीदेवताको पर्व वा छोरीबेटीहरुलाई माइती घरपरिवार सँग भेटघाट गराउने मिलन पर्वको रूपमा पनि लिने गरिएको समेत विष्टले बताइन् । यस पर्वमा छोरी चेलीहरूले राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी देउडा लगायतका पुतला खेल खेल्ने चलन रही आएको छ ।

सुदूरपश्चिमको परम्परा अनुसार पुस १५ गते वर्ष भरिको लामो रातको रूपमा लिइ रातभरि गाँउखाने कथाहरू भन्ने, जागाराम बस्ने, तरुल, सखरखण्ड खाने रातको रूपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातदेखि रनपुतला पर्वको सुरुवात भएको रनपुतला जगाइने भन्ने गरेको अर्की स्थानीय पदमा देवी विष्टले बताइन् । उनले भनिन् पुस १५ देखी माध ३ गते सम्म रनपुतला जगाएको स्थानमा प्रत्येक रात डेउडा खेल खेलिने, मिठा मिठा परिकारहरू पकाइने एक आपसमा रमाइलो गर्ने गरिन्छ । माघ ३ गते रनपुतला खेल खेल्दै नजिकको पानी पँधेरोमा लगेर विसर्जन गरे देवी देउता खुसी हुने चलन रहेको बताइन् ।

यो पर्व सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटीका विभिन्न स्थानहरूमा धूमधामका साथ मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस