महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु : मन्त्री चौधरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु : मन्त्री चौधरी


३ माघ २०७९, मंगलबार


काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला हिंसा न्यूनीकरण गर्न पहल गर्ने बताएकी छिन् । 

मङ्गलवार सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णयसमेत गरेकी छिन् ।

उनले भनिन्, ‘मुलुकको आधाभन्दा बढी जनसङ्ख्या महिला भए पनि सहभागिता न्यून रहेकाले सहभागितालाई नीतिगत व्यवस्था गरी स्थानीय सरकारबाट कार्यान्वयनमा जोड दिनेछु । महिला हिंसा न्यूनीकरण गर्न पहल गर्नेछु।’

मन्त्रालयमा न्यून काम हुन्छ भन्ने दृष्टिकोणलाई परिवर्तन गरी महिला हिंसा न्यून गर्न पहल गरी विभिन्न तह र तप्कामा समानता कायम गर्न पहल गर्ने मन्त्री चौधरीको भनाइ छ ।

राज्यले दिने सेवा सुविधा, वृद्ध भत्तालाई निरन्तरता दिई ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक तथा धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरूको जीवनयापनलाई सहज, सुरक्षित र मर्यादित बनाउन अघि बढ्ने उनले प्रतिबद्धता जनाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस