तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउँछु: मन्त्री पाण्डे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउँछु: मन्त्री पाण्डे


३ माघ २०७९, मंगलबार


काठमाडौँ । नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डेले देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता जनाएका छन्।

मङ्गलवार शहरी विकास मन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले झोलुङ्गे पुल नहुँदा मानिसहरूको तुइनबाट खोला तर्दा खोलामा खसेर मृत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताएका हुन्।

उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुनेसमेत बताए। मन्त्री पाण्डेले अब नेपालको कालीगण्डकी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए।

शहरी विकास मन्त्रालयले प्राथमिकताका आधारमा काम गर्ने बताएका मन्त्री पाण्डेले रोकिएका विकास निर्माणका काम छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस