उपप्रधान तथा ऊर्जा मन्त्रीद्वारा पदभार ग्रहण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपप्रधान तथा ऊर्जा मन्त्रीद्वारा पदभार ग्रहण


३ माघ २०७९, मंगलबार


काठमाडौँ । उपप्रधान एवं ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पद बहाली गरेका हुन् । 

उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहण लगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन्। “आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाइका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरू के– के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन  मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ”, उनले भने, “योजनाबद्ध ढङ्गले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिन्छ ।”

ऊर्जा जलस्रोत तथा सिँचाई जस्तो महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भए पनि आफूले त्यसलाई अवसरमा बदल्ने उनको भनाइ छ । “मन्त्रालय कुनै पनि राम्रो÷नराम्रो वा सानो÷ठुलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्”, उनले भने, “नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्त्वपूर्ण मन्त्रालय हो । मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि म यसलाई अवसरमा परिणत गर्छु ।”

“हामी सनातन धर्ममा विश्वास गर्ने भएकाले कुनै पनि शुभ कार्य गर्दा आराध्य देवको दर्शन गर्नुपर्छ भन्नेमा विश्वास राख्छौँ । त्यस कारण पशुपतिनाथको दर्शन गर्न गएको हुँ” उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणपछि भने । 

Tags :
प्रतिक्रिया दिनुहोस