हवाई सुरक्षामा कडाइ आवश्यक छ : पर्यटन मन्त्री किराती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हवाई सुरक्षामा कडाइ आवश्यक छ : पर्यटन मन्त्री किराती


३ माघ २०७९, मंगलबार


काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् । मङ्गलवार पर्यटन मन्त्रालयमा पद बहाली गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् ।

आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए ।  मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो र यो क्षेत्रका कमजोरी के छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।

पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादा माला नलगाइदिन आग्रह गर्दै माला किन्ने पैसा सहयोग पेटिकामा राख्न भन्दै आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकामा राख्ने उनले बताए ।

काम गर्ने वातावरण सफा हुनु पर्ने भन्दै उनले सबै पर्यटन मन्त्रालय मातहतका शौचालयहरूलाई मन्त्रीले प्रयोग गर्ने जस्तै सफा राख्न निर्देशन समेत दिए । देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयका कुनै पनि सामान नफेर्न निर्देशन दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस