सञ्चार सेवालाई देशव्यापी बनाउनेतर्फ लाग्छु: सञ्चार मन्त्री शर्मा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सञ्चार सेवालाई देशव्यापी बनाउनेतर्फ लाग्छु: सञ्चार मन्त्री शर्मा


३ माघ २०७९, मंगलबार


काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ लाग्ने बताएकी छिन्।

पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताएकी हुन्।  

देशभर सञ्चार सेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ।

पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेकोसमेत मन्त्री शर्माले बताइन्। 

Tags :
प्रतिक्रिया दिनुहोस