पोखरा विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौँ ल्याइयो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोखरा विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौँ ल्याइयो


३ माघ २०७९, मंगलबार


काठमाडौँ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौँ ल्याइएको छ ।

पोखरामा पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौँ ल्याइएको हो ।

७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ ।

Tags :
प्रतिक्रिया दिनुहोस