कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने


३ माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

हेटौँडामा मंगलबार बिहान बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।

‘बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिंदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेका छौं’, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले भने ।

११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् ।

सम्बन्धित समाचार : बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

Tags :
प्रतिक्रिया दिनुहोस