रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, ३६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण, ३६ जनाको मृत्यु


३ माघ २०७९, मंगलबार


किभ । युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट आक्रमणमा नौ तले भवनको एक भाग पूर्णरुपमा ध्वस्त भएको दुई दर्जनभन्दा बढी व्यक्ति अझै बेपत्ता छन् ।

युक्रेनको डिनिप्रोका मेयरले रुसले आक्रमण गरेको अपार्टमेन्टमा फसेका मानिसहरूको बच्ने आशा कमै रहेको बताएका छन् । अधिकारीहरूका अनुसार यस हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ । यद्यपि उद्धारको प्रयास भने जारी छ ।

धेरै मानिस अझै बेपत्ता छन्, ७५ जना घाइते भएका छन् ।

सोमबार रुसी राष्ट्रपतिका प्रवक्ताले उक्त भवनमा रुसी सेनाले आक्रमण नगरेको दाबी गरेका थिए । युक्रेनले उक्त भवनमा रुसी केएच-२२ मिसाइलले आक्रमण गरेको भन्दै उक्त मिसाइललाई खसाल्ने क्षमता नभएको बताएको छ । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस